|
नतिजाअनुसार नियमित तर्फ ३९ दशमलव ९९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्। नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए। तिमध्ये ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ।
नियमिततर्फ १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने २ जनाको स्थगित गरिएको छ। यस्तै आंशिक तर्फ १ लाख २९ हजार ८ विद्यार्थीहरुमध्ये ४१ हजार ९ सय २६ जना उत्तीर्ण भएका छन्।
परिषदले विज्ञान संकायको नतिजा भने गत भदाै ११ गते नै प्रकाशित गरिसकेको थियो। ११ पास गरिसकेका र १२ कक्षामा एक विषयमा अनुत्तीर्णहरूको मौका परीक्षा कात्तिक २१ गते शनिबार हुनेछ। जसमध्ये विज्ञान संकायको परीक्षाफल यसअघिनै प्रकाशित भइसकेको छ।
नतिजा हेर्न यो लिंकमा जानुहोस्>>
|
Blogger Comment