काठमाडौं, असोज २८ । ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडीलाई विहीबार महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।
अपराध अनुसन्धान महाशाखाको रोहबरमा बुधबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको हो ।
सामान्यतः पक्राउ परेका अभियुक्तहरुलाई २४ घन्टाभित्र म्याद थप गर्नुपर्ने प्रावधान रहेपनि दसैंका लागि भन्दै अदालतहरु बन्द गरिसकिएकाले उनीहरुलार्ई महानगरीय परिसरलाई जिम्मा लगाइएको छ ।
लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राऊ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
हामीसँगको कुराकानीमा खनालले पक्राउ परेका खेलाडीहरु आफूमाथिको अभियोग स्वीकार गरिसकेको बताए । उनीहरुले विभिन्न प्रतियोगितामा खेलको ढाँचाअनुसार रकम लिने गरेको अनुसन्धानबाट खुलेको खनालले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेकोले अभियोगको प्रकृति हेरेर सजाय हुने उनको भनाइ छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले बुधबार राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, रितेश थापा, सन्दीप राई तथा पूर्वखेलाडीहरु विकाससिंह क्षेत्री, र अञ्जन केसीलाई पक्राउ गरेको थियो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Blogger Comment