संविधान निर्माणले दाँतमा ढुंगो लाग्यो: भट्टराई




आश्विन २८, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले संविधान बनेर मुलुक नयाँ युगमा प्रवेश गरे पनि सबै नेपाली खुशी हुन नसकेकाले दाँतमा ढुंगा लागेजस्तो भएको बताएका छन् ।
राजनैतिक श्रृंखला पुरा भए पनि देश अब कता र कसरी जान्छ भन्ने अन्यौल भएको भन्दै उनले पुरानै नेतृत्व, बिचार, शैली र व्यवहारबाट मुलुक नचल्ने उनले दावी गरे । 'संविधान बनेपछि एक भागमा बिजय जुलुस र अर्को भागमा आन्दोलन हुनु हुँदैनथ्यो,' संवाद नेपाल पोखराद्वारा विहीवार यहाँ आयोजित खुल्ला छलफलमा बोल्दै भट्टराइले भने, 'मधेशी, थारुहरुलाई पनि समेटेर अघि बढेको भए सुनमा सुगन्ध हुने थियो ।' तर उनले संविधान सभावाट संविधान जारी गर्ने आफ्नो राजनीतिक एजेन्डालाई व्यवहारमा पनि उतार्न पाएको भन्दै खुशी व्यक्त गरे ।
डेढ करोड जनसंख्या कुनै पनि पार्टीमा आवद्ध नभएको र दलहरुमा पनि ठूलो पक्ष असन्तुष्ट रहेकाले उनीहरुलाई समेटेर नयाँ शक्ति निर्माणमा लागेको उनको भनाइ थियो । 'नयाँ युगको माग पुरा गर्न नयाँ शक्ति आवस्यक पर्छ,' उनले भने, 'नयाँ शक्तिको नेतृत्व मैले गर्दिन । अरुलाई नेतृत्व दिने हो ।' नयाँ शक्ति निर्माण गर्ने प्रक्रिया पनि नयाँ हुनुपर्ने भएकाले आफुले देशका विभिन्न स्थानमा अन्तरक्रिया र छलफल गर्दै हिडेको उनको भनाई थियो ।
भारतले लगाएको नाकाबन्दी तत्कालै खुल्छ वा समाधान हुन्छ भन्ने आफूलाई विश्वास नरहेको उनले बताए । भारतबिरुद्ध चर्को कराएर र उप|mेर राष्ट्रवादी नभइने भन्दै उनले आवेगात्मक भन्दा पनि विवेकशील ढंगले कुटनीतिक प्रयासबाट समस्या समाधान हुनुपर्ने उनले बताए । भारतसंगको निर्भरता हटाउनुपर्नेमा उनले जोड दिए । मधेशी जनताको आक्रोशलाई अहिलेको सरकारले दमन गरे पनि जनताको मनमा चोट लागेपछि त्यसले विकराल समस्या ल्याउने उनको भनाई थियो । प्रदेशहरुको सिमांकन केही नेताहरुको व्यक्तिगत स्वार्थमा गरिएको भन्दै उनले हिमाली लगायत कम जनसंख्या भएका क्षेत्रमा आरक्षण सिट कामय राख्दै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्नुपर्ने बताए ।
अहिले सहमतिको राष्ट्रिय सरकार बनाएको भए उत्तम हुने भन्दै भट्टराईले अहिलेको सरकारबाट मुलुकको हित हुने कुनै राम्रो संकेत नदेखिएको बताए । राजनीति भ्रष्ट्राचारको दलदलमा फँसेको र त्यसमा क्रान्तिकारी र नयाँ शक्ति भनेको माओवादी पनि झनै भ्रष्ट भएको उनको आरोप थियो । राजनीतिलाई कमाउने व्यवसायको रुपमा लिएकाले यस्तो समस्या आएको उनको भनाई थियो । आफुलाई भारत परस्त भएको आरोपको खण्डन गर्दै उनले भएमा कारवाही गरेर देखाउन चुनौति दिए ।


it looks like your account was sending out spam. We’ve secured your account, and now we can help you make sure all recent likes and posts were made by you.

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment