तिर्थयात्रामा गएका ७ नेपालीको भारतको बिहारस्थित पटनामा ज्यान गयो :: Read

नेपालगन्ज, २० असोज - भारतको चारधाम तिर्थयात्रामा गएका बाँकेका ७ तिर्थयात्रुको मृत्यु भएको छ।

बिहारको पटनामा तिर्थयात्रु बोकेको बस मंगलबार मध्यराती दुर्घटनामा परेको थियो। दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घाईते केहीको बिहारस्थित हरमनियामा र केहीको बनारस स्थित अस्पतालमा उपचार भइरहेको सितापुर–५ गौघाट बाँके निवासी तिर्थयात्री नरबहादुर महतराले जानकारी दिए।

दुर्घटना मृत्यु हुनेमा सितापुर–५ निवासी ६० बर्षिय भद्रबहामदुर ओली लगायत रहेको उनको भनाई छ। दुर्घटनामा आफुलाई पनि चोट लागेको रोकायले बताए। सात जनाको मृत्यु भएको त पुष्टी नै भइसकेको छ, मृत्यु हुनेको संख्या अझ बढ्न सक्छ, रोकायले टेलिफोनमा भने, लास जम्मा गरेर पोष्टमार्टम गर्ने काम चल्दैछ।

उनका अनुसार उक्त बसमा करिव ५० जना नेपाली तिर्थयात्री सवार थिए। ती सबै यात्रु बाँके निवासी हुन्। यात्राको १२ औं दिनपछि घर फर्किदै गर्दा दुर्घटना भएको थियो। घटनामा परी दर्जनौ घाईते भएको र अधिकांसको अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने रोकायले बताए।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment