काठमाडौँमै लागू पदार्थ साटासाट सहित शारीरिक सम्पर्कको सम्झौता



हरेक साँझ ठमेल, न्युरोड, रत्नपार्क, सुन्धारालगायतका
ठाँउमा मान्छेको चहलपहल कम हुन्छ, त्यसपछि पैसाको
जोहो गर्न सडक चाहर्ने युवतीको दिनचर्या शुरु हुन्छ ।
अनि तिनीहरूलाई खोज्दै पुग्छन् दिनभरी व्यस्त रहने
विभिन्न पेशाका अधवैंशे पुरुष र तन्नेरीहरू ।
कहिलेकाँही सडक पेटीमा त कहिलेकाहीँ होटलमा
लागू पदार्थ साटासाट सहित शारीरिक सम्पर्कको
सम्झौता हुन्छ । कामको खोजीमा राजधानी
आएका महिला र यौनको प्यासमा ती ठाउँमा
धाउने पुरुषको आ–आफनो उद्देश्य पुरा गर्ने काम यसरी
शुरु हुन्छ ।
धरानकी २७ वर्षीया रमिलाले चार वर्षदेखि यसरी
नै जिवन निर्वाह गर्दै आएकी छन् । महिनामा ४०
हजार रुपैयाँसम्म कमाउने रमिलाले हरेक दिन फरक फरक
पुरुषलाई सन्तुष्ट पार्नुपर्ने हुन्छ ।
दिनभरीको कामबाट आराम खोज्दै त्यहाँ पुग्ने
पुरुषलाई आफ्नो थाकेकै शरीर पनि फुर्तिलो देखाउनु
पर्ने बाध्यता छ रमिलालाई । आफूसँग आएका ग्राहक
अन्त नजाउन भनेर आरामको बन्दोबस्त मिलाइदिने
रमिला जस्ता युवती ग्राहकको इच्छा अनुसार मसाज
गर्ने र यौन सम्पर्क राख्ने काम गर्छन् ।
एक जनालाई एक रातको समय दिने र उसले चाहेजस्तो
सबै सेवा दिएर पैसा कमाउँछिन् रमिला । धेरै मेहनत र
लगानी गर्नु नपर्ने र कमाई पनि राम्रै हुने भएपछि उनले
एक संस्थामा मासिक सात हजार कमाइ हुने स्वीपरको
काम छोडेर यो पेशा अंगालेकी हुन् ।
उनी पहिला एउटा डान्स रेष्टुरेन्टमा गीत गाउँथिन ।
बिस्तारै त्यहाँ आउने ग्राहकसँग सम्पर्क बढ्यो । उसको
इच्छा अनुसार चुरोट, रक्सी पिउँदा पिउँदै उनको
दिनचर्या पनि परिवर्तन हुन थाल्योे । ग्राहकले जे
दिन्छ त्यही खान थालेपछि लागूऔषधमा फसेको
उनलाई पत्तै भएन ।
लागुऔषधको प्रयोगमा फसेकी उनी त्यो बाट
छुट्कारा पाउन त सकिनन् तर लागुऔषध कसरी जुटाउने
भन्ने समस्यामा परिन् । ग्राहकको संगतले खाएको
लागुऔषधले उनलाई यौन व्यवसायी भन्न बाध्य
बनायो । यौन पेशाबाट कमाएको मासिक ४० हजार
अहिले उनको ड्रग्स खरिदमै सकिन्छ ।
कतिपय महिलाहरू यौन पेशा अगाल्नु अघि नै
दुव्र्यसनी बन्ने गरेको पाइन्छ । काठमाडौंकी सपना
मगरले एक्लोपनबाट मुक्त हुन लागुऔषध प्रयोग गरिन् ।
तर पछि त्यो उनको आदत बन्यो । अन्ततः लागुऔषध
जुटाउनको लागि उनले यौन पेशा अपनाइन् ।
हेपाटाइटिस वी र सीको संक्रमणमा परेकी उनले न
यो परिवारलाई भनेकी छन् नत ग्राहकलाई यो कुरा
जानकारी छ । रोगको उपचार गरेपनि लागुऔषध
प्रयोगलाई छोड्न नसक्दा उनको समस्या बढ्दै गएको
छ । उनीसँग रात बिताउने पुरुषले यौन सन्तुष्टिमात्र
लिँदैनन् पैसा तिरेर रोग पनि किनिरहेका छन् ।
यौन पेशामा लागेका महिलाका अनुसार पैसा
चाहनेले एक रातमा १ हजारदेखि १० हजार रुपैयाँसम्म र
ड्रग्स लिन चाहनेले २ देखि ६ डोज सम्मको ड्रग्स
माग्छन् । साथी संगत र बाध्यताले यौन पेशा रोजेका
धेरै युवतीहरू यौन व्यवसायी सँगै लागूऔषध
प्रयोगकर्ता बनेका छन् ।
अहिले एक डोज लागू औषधको मूल्य १५ सय रुपैयाँसम्म
पर्ने प्रयोगकर्ताहरू बताउँछन् । यसलाई छोड्नै नसक्ने
अवस्थामा पुगेकाहरू यौन बेचेर पनि आफ्नो लत
मेटाएका हुन्छन् । त्यसैले अधिकांश महिला लागूऔषध
सँगसँगै यौन पेशामा संलग्न भएका हुन् ।
काठमाडांैको एक पुर्नस्थापना केन्द्रमा भेटिएकी
चितवनकी राधा खड्काले २२ वर्ष देखिको लागू औषध
सेवन गर्ने बानी छुटेको बताइन् । आफ्नो यस बानीकै
कारण अस्तव्यस्त भएको उनको परिवार अहिले उनकै
कामाइमा चलिरहेको छ । भन्छिन् ‘मैले ५ वर्षसम्म
मेथाडोन प्रयोग गरेर यो लत त्यागें । पहिले दिनहुँ
रिसाउने मेरो परिवार पनि अहिले मसँग सन्तुष्ट छन् ।’
उचित उपचार र परामर्श पाए यी दुवै लत छोडेर
समाजमा नयाँ काम गर्ने जोस भएको प्रभावितहरू
बताउँछन् । राम्रो उपचार, परामर्श, सहयोग पाएका
धेरै महिला लागुऔषध त्यागेर सामाजिक कार्यमा
लागेका छन् ।
तीन वर्ष अघि लागूऔषधबाट छुट्करा पाएकी
काठमाडौंकी डोल्कर घले अहिले यस लतमा लागेका
महिलाको लत छुटाउने र समाजमा बैकल्पिक पेशा र
सम्मानसहित पुर्नस्थापित गराउने अभियानमा छन् ।
अहिले सारथी नेपालको परामर्शदाताको रुपमा
काम गर्दै आएकी घले भन्छिन् ‘ड्रग्समा लागेका
महिला आफ्नो लतकै कारण बाध्यात्मक रुपमा यौन
पेशामा धकेलिएका हुन्छन्, तर उनीहरू यसबाट मुक्त हुन
चाहन्छन्, उनीहरूलाई राम्रो उपचार र परामर्श
दिनुपर्ने र खाँचो छ ।’
सारथी नेपालले युनाइटेड नेसन्स अफ ड्रग्स एण्ड क्राइम
युएनओडीसीको सहयोगमा यौन पेशामा संलग्न
महिला लागुपदार्थ प्रयोगकर्तालाई सो पेशा र
लतबाट छुटाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सो कार्यक्रमका संयोजक विकास महर्जन यौन
पेशामा संलग्न महिलालाई लागुऔषधबाट मुक्त गराउन
र विभिन्न रोगबाट संक्रमितलाई उपचार दिने
व्यवस्था मिलाएको बताउँछन् ।
अहिले काठमाडौंका विभिन्न होटल तथा डान्स
रेष्टुरेन्टमा गई यौन पेशामा संलग्न महिला लागुऔषध
प्रयोगकर्ताको अवस्था पहिचान गर्ने र रोगबाट
संक्रमितलाई उपचारका लागि सम्वन्धित निकायमा
पठाउने गरेको उनले बताए ।
हाल नेपालमा ९१ हजार ५ सय ३४ ले कडा खालको
लागूऔषध प्रयोग गर्ने गरेको पछिल्लो सरकारी
तथ्याकं छ । जसमा पुरुषको संख्या ८२ हजार २ सय ४ र
महिलाको संख्या ६ हजार ३ सय ३० छ । ती मध्ये ५१
हजार ८ सय १० ले सुईद्वारा लागुऔषधको प्रयोग गर्छन्

त्यस्तै काठमाडांैमा ३६ हजार ९ सय ९८ जनाले
लागूऔषध प्रयोग गर्छन् भने राजधानी बाहिरका ५४
हजार ५ सय ३६ जना यसमा संलग्न छन् । यस क्षेत्रमा
काम गर्ने गैरसरकारी संस्थाले भने ३ लाख व्यक्तिले
लागुऔषधको प्रयोग गर्ने गरेको बताउँछन् । लागुऔषध
प्रयोग गर्ने मध्ये २२ हजार ९ सय ९४ जनालाई एच आई
भि पोजेटिभ रहेको सरकारी तथ्याकं छ ।
उनीहरूको उपचारका लागि सरकारले पनि ध्यान
दिनुपर्नेे यसको नियन्त्रण अभियानमा लागेकाहरू
बताउँछन् । लागुपदार्थ प्रयागकर्ताको जिवनमा
सकारात्मक परिवर्तन ल्याउन सजाय नदिई उपचारको
व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन्, सारथी नेपालका
कार्यक्रम प्रमुख रविकृष्ण श्रेष्ठ ।
लागुऔषध नियन्त्रण गर्न धेरै कार्यक्रम ल्याएपनि
लागुऔषध र यौन पेशामा परेका महिलाको
उपचारको लागि सरकारले कुनै पनि पहल गरेको छैन ।
यी दुवै समस्यामा परेका महिलाको उपचार र
पुर्नस्थापनाको लागि सरकारले पनि पहल गर्नुपर्ने
उनले वताए ।
लागूऔषधमा लागेकाहरूलाई हेपटाइटिस वी र सी
पनि हुने तर त्यसको परिक्षण गर्ने र उपचार गर्ने पद्दती
नेपालमा अत्यस्तै महंगो भएकोले धेरैले ज्यान गुमाउनु
परिरहेको छ ।
लागुऔषध नियन्त्रण ऐन २०३३ ले लागु औषधजन्य
पदार्थहरूको उत्पादन प्रयोग र विक्री वितरण निषेध
गरेको छ । त्यस्तै औषधी ऐन, २०३५ ले औषधीहरूको
प्रयोग चिकित्सकको सिफारिसमा मात्र गर्नुपर्ने
व्यवस्था गरेको छ । लागु औषध राष्ट्रिय नीति
कार्यान्वयनमा छ ।
नीतिगत व्यवस्थामा माग घटाउ, आपुर्ति नियन्त्रण,
क्षति न्यूनिकरण जस्ता कार्यक्रम समेटिएकाले यसबाट
त्यस्तै लागुऔषध नियन्त्रणमा सघाउ पुग्ने गृह
मन्त्रालयले जनाएको छ । तर, सरकारी र गैरसरकारी
क्षेत्र तथा अन्तर मन्त्रालयबीच उचित समन्वय हुन
नसक्दा लागुऔषध नियन्त्रणका लागि अघि
सारिएका नीति तथा कार्यक्रम प्रभावकारी हुन
सकेका छैनन् ।
स्रोत :तारा वाग्ले / महिलाखवर
With fuel crisis deepening in the country, Nepal Oil Corporation is further cutting down the distribution of petroleum Products to private vehicles.

Only government office vehicles, public vehicles and vehicles carrying daily essentials will be liable to get fuel, said NOC spokesperson Laxmi Prasad Dhakal.

School buses also will not get petrol.
NOC was distributing petroleum products to private vehicles on the quota system before.


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment