'Condom fun comes with the 72-hour medicine go




हेटौँडा,  - 'कण्डममा मजा आउँदैन के ७२ घण्टे औषधी लिएर जानुपर्छ -- नेपाली युवतीहरू । हेटौँडा–४ की आश्मा (नाम परिवर्तन) १४ वर्षकी भइन् । उनलाई बजारका विभिन्न रेष्टुँरा चाहार्ने र साथीसँग रमाउने रहर छ । सानै उमेर भएपनि एन्ड्रोयड मोबाइल र पल्सर मोटरसाइकल उनको ‘फेभरेट’ हो भन्दै थिइन् छेवैको साथीसँग । अचम्म त के हो भने कलिलै उमेरमा उनले दुई सर्को चुरोटको धुवाँ फुंग उडाउन जानिसकेकी छन् ।


कम्मरका पातलो भाग देखिने गरी फेसनेवल कपडा लगाएकी आश्मा र उनका साथी सबै रमाइलो गर्न र बाहिर हिँड्न माहिर छन् भन्ने उनीहरुको हाउभाउले प्रष्ट पारेको छ । उनीहरुको गफ सुन्दा लाग्थ्यो, बाहिरी हावापानीले उनीहरुलाई धपक्कै समाएको छ । गफिँदै गर्दा आश्माको मोबाइलमा फोन आउँदा उनले भनिन्, ‘ओई हेर त त्यो’ को छोरोले फोन ग¥यो ।’ उनको साथीले थपिन्, ‘त्यसको फोन नउठा है ।’ तर आश्माले फोन उठाइन् । कुरा निकै ‘भल्गर’ थियो । परिवर्तनशील समयमा सबै पचाउन सक्नुपर्ने बाध्यता छ । केहीबेर निकै यौनजन्य वातचितपछि आश्माले फोन राखिन् । ‘के भो त कुरा गर्दा, लभ गरिन्नँ, यसो रमाइलो त हो नि,’ उनी खिस्स हाँसिन ् । कोल्टे परेको दाँत देखियो । ‘सौराहा जाउँ भन्दै छ त्यसले,’ सुनाउन नभ्याउँदै साथीले भनिन्, ‘कहिले जाने हो र ?’ ‘आजै हो, अब जाने, भोलि आउने, दाम पनि, रमाइलो पनि, बालै भएन,’ आश्माको जवाफ भो । साथीले भनिन्, ‘औषधि चैँ लैजा है ।’ ‘त्यो त अलरेडी झोलामै छ,’ आश्माले जवाफ फर्काइन् । भनिन्, ‘कन्डममा मजा आउँदैन, के गर्नु दुवैलाई मजा आउनै प¥यो ।’ साथीले भनिन्, ‘ल–ल पैसावालसँग मस्ती गरेर आइज भन्दै थपिन्, ‘आएपछि ‘ट्रिट’ चाहिन्छ नि ।’ हेटौँडा बजार विस्तारै सेक्सका लागि खुला बन्दैछ । काठमाडौँबाट चार घण्टामा पुगने र चितवनको सौराहा अनि वीरगन्जबाट पनि नजिक रहेकाले हेटौँडामा ‘घरानियाँ सेक्स’ पनि फस्टाउँदो छ । घरमा साथीसँग घुम्न वीरगन्ज, सौराहा, उस्तै परे जनकपुर या काठमाडौँ भनेर हिँडेकाहरु सौराहा, पोखरा, मार्खु र काठमाडौँमा भेटिने गरेका छन्, त्यो पनि नपत्याउँदो उमेरका पुरुषसँग । सेक्सको कारोबार बढ्दै जाँदा ग्रामीण भेगबाट आएका अनि हेटौँडालाई सपनाको सहर बनाएकाहरु भने विस्तारै कुमारी आमा होलान् कि भन्ने समस्या पनि थपिएको छ । त्यो पनि आश्माजस्तै सेक्सको मजा कण्डमविना लिने लालसामा ।
कण्डमको विकल्पमा अहिले क्याप्सुल, ट्याब्लेट आउने गरेको छ । सेक्स गरेको ७२ घण्टाभित्र खाए हुने भनिएकाले यसमा पुरुष भन्दा बढी महिला, त्यसमा पनि युवती आकर्षित छन् । उनीहरु कण्डमको झन्झटबाट मुक्त हुन खोजिरहेको देखिन्छ । अहिले सबै यस्तै औषधिले बजारका मेडिकल स्टोर्स भरिएको छ । ‘कण्डम कम बिक्न थालेको छ तर ७२ घण्टे औषधिको माग अधिक रहेको छ,’ हेटौँडा, राप्ती रोडका एक मेडिकल सञ्चालकले भने । थपे, ‘भाइ, यहाँ बसेर हेर न, कस्ता कस्ता आउँछन् औषधि लिन पनि, अचम्म लाग्छ मलाई त ।’ उनले फेरि भने, ‘अब त १३ वर्षमाथिका सबै सेक्सका लागि तयार भइसकेझैँ लाग्छ, औषधि किन्न आएको देख्दा ।’ अधिकमात्रामा बाहिरबाट कलेज पढ्न आएका र हेटौँडा बजार क्षेत्रमा देखिएका युवती नै औषधि लिन आउँने गरेको उनले जानकारी दिए । यौनसम्पर्क गरेको ७२ घण्टाभित्र खाने विभिन्न प्रकारका औषधि किन्न अहिले पुरुष भन्दा पनि युवती बढी आउने गरेको उनले जानकारी दिए । केही दिनअघि औषधि लिएर गएका पनि केही पछि औषधिले भएन भन्दै आउने पनि रहेको उनले बताए । औषधिको प्रयोग गर्न नजानेर गर्भवती बनेर आउनेको संख्या अधिक रहेको हेटौँडा अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. रामकाजी महर्जनले बताए । उनले भने, ‘औषधि खाएको भएन सर भन्दै आउनेको संख्या हेर्दा अचम्म नै लाग्छ ।’ डा. महर्जनका अनुसार अहिले औषधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ । बजारका सबै मेडिकलमा पाइनुले पनि समस्या सिर्जना भएको छ । उनका अनुसार औषधिमा भनिए अनुसार नखाँदा युवती गर्भवती हुने क्रम पनि बढेको छ । औषधि बेच्ने पनि जानकार नभएको र उनले दिँदा खाने समयबारे जानकारी नदिँदा दैनिकजसो औषधि खाँदा पनि गर्भ रहेको भएको भन्दै आउने युवतीको संख्या बढेको हो । बजारमा यौनसम्पर्क गरेको ७२ घण्टासम्म औषधि खाँदा गर्भवती भइन्न भन्ने विभिन्न प्रकारका औषधि पाइने गरेका छन् । जसमा इकोन, ७२ आवर्स, आइपील र अनवान्टेड नामको औषधि अधिक मात्रामा प्रयोगमा आउने गरेको बताइएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
n the beginning, Jigree plans to drink and he states that he hadn’t a single penny and then the cockroach plans to move to the house of Rai Uncle. Then Bale said that Rai Uncle is his one of keen and he asks them about his caste. Then Jigree and Cocke went from that place and Bale follows them. The farmers group decided to remove the Pande from their group and he said that the decision must be terminated currently. Baristhe said that he is totally out from the group but the Pande urges them to make the member of founders. No one accepts his deal and Pande again urges them to make him he advisor of the group as he asks to Sitaram and he laughs at him. But no other likes about his laugh on the speaking of Pande. All of them again in the final form declare of his outing from the group of farmers. He moves from that with the anger pointing to them.

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment