प्रचण्ड र ओलीलाई झुक्न बाध्य पार्ने भारतको अर्को खतरनाक खेल ! सरकारभित्रै पसेर यसरी खेल्न थाल्यो भारत ! प्रचण्ड र ओलीसँग बदला लिन भारतले के गर्दैछ पढ्नुस्



काठमाडौं ।
नेपालको संविधानसभाबाट ९० प्रतिशत भन्दा बढी सभाषदले हस्ताक्षर गरेको संविधान भारतले स्वीकार गरेन । उल्टो नेपालमाथि नाकाबन्दी थोपर्‍यो । भारतीय नाकाबन्दीपछि नेपालमा भारतविरोधी भावना चुलिएको छ । यही बिचमा नेपालमा नयाँ सरकार बन्ने चर्चाकाबीच भारतले भारतविरुद्ध आक्रामक रबैयासहित प्रस्तुत भएका नेपाली राजनीतिका जवर्जस्त २ खेलाडी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन रहेको मोर्चालाई परास्त गर्न भारत हात धोएर लागेको चर्चा चल्यो । तर भारतविरोधीकोरुपमा दरिएका ओली प्रधानमन्त्री चुनिएरै छोडे र भारतको इसारामा प्रधानमन्त्रीको उम्मेदवार बनेको भनिएका सुशील कोइराला पराजित हुन पुगे ।
अनौठो दृष्य त त्यतिबेला देखियो जतिबेला प्रधानमन्त्री बन्नासाथ भारत विरोधी उम्मेदवार भनिएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर पहिलो बधाइ ज्ञापन गरे । ३ साता देखि करिव करिव ठप्प जस्तै पारिएका भारतीय नाकाहरु समेत सहज गरियो र सबैभन्दा मारमा पारिएको इन्धन आपुर्ति समेत नेपालमा भित्रिन लागेको संकेत देखियो । यी दृष्यहरुले भारत विरोधी भनिएका केपी ओलीमाथि भारतसँग भित्र भित्रै कुनै सम्झौता गरेका त होइनन् भन्ने आशंका पैदा भयो । तर दृष्यहरु फेरिएका छन् र भारतविरुद्ध लागेर सरकार बनाउन लागेका यी २ राजनीतिक खेलाडीलाई भारतले सवक सिकाएरै छोड्ने संकेत गरेको छ ।
भारतले बुझिनसक्नुको ब्यवहार प्रदर्शन गर्दै अघोषित नाकाबन्दी लगाएको पृष्ठभूमिमा भारतप्रति लक्षित राष्ट्रियताको मुद्धामा गठबन्धन पैदा गरेर प्रधानमन्त्री भएका ओलीलाई सबैभन्दा पहिलो बधाइ दिने उनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थिए । सपथ सम्म नलिएका ओलीले पहिलो फोनमै मोदीसँग नाकबन्दीबारे कुरा गरेर हल्का हैसियत देखाएको भन्ने चर्चा चलिरहेको समयमा नाकाहरुमा केही सहजता देखाएर भारतले अनौठो ब्यवहार देखायो ।

ओली र प्रचण्डः प्रमुख तारो
ओली जहिल्यै भारतसंग राम्रै सम्वन्ध कायम गरेका नेतामा गनिन्छन् तरपनि भारतले विश्वास गरेका पात्र बन्न सकेका छैनन् । उनी प्रधानमन्त्री बन्नु अघि भारतीय मिडियामा देखिएका प्रतिक्रियाले यही संकेत गर्छ । ओली प्रधानमन्त्री बनेपछि पनि भारतका कतिपय मिडियाले भारतले ओलीलाई भरोसा गर्न सक्ने भन्दै हेडलाइन बनाएका छन् ।
ओलीलाई प्रधानमन्त्री बनाएका प्रचण्डले संविधान बनाउनु केही समय अघि भारतको भ्रमण गरेर फर्किएका थिए । नेपाल आएर भारतको इच्छा ब्यक्त हुने भाषामा बदलाव ल्याएका प्रचण्ड भारतले संविधान जारी गर्ने मिति तोकिएपछि पठाएको विशेष दुत पठाएपछि भने आक्रामक देखिए । उनले सिधा भाषामा भने -हामी दिल्लीको एसम्यान बन्ने वाला छैनौं । प्रचण्डको बोलीले दिल्लीसम्म खतरनाक तरंग पैदा गर्‍यो । भारतले दवावलाई नाकाबन्दीकै स्तरमा पुर्‍यायो जुन अहिले सम्म कायम छ ।
प्रचण्डकै स्तरमा नभएपनि ओलीले पनि भारतीय नाकबन्दीप्रति खुला असन्तुष्टि ब्यक्त गरिरहे जवकी सत्तामा रहेका सुशील कोइराला यसबारेमा एक शब्द बोल्न तयार भएनन् । भारतले संविधानको अन्तिम प्रक्रिया रोक्नका लागि सुशील कोइराललाई प्रत्यक्ष नभएर भारतसँग निकट भनिएको राष्ट्रपति कार्यालयबाट बनाएको चर्चा थियो । त्यही दवाव थेग्न गाह्रो भएरै होला उनले पक्रियालाई अझै केही रोक्न ओली र प्रचण्ड गुहारेका थिए । तर सही समयमा ओली र प्रचण्डले त्यसलाई अस्वीकार गरेर अघि बढे ।
प्रचण्डले भारतसँग पङ्गा लिएको यो पहिलो घटना होइन । किन भने उनले यस अघि नै यस्तो अनुभवबाट पार भैसकेका हुन् । तर प्रधानमन्त्री बनेका केपी शर्मा ओली भने पहिलो पटक भारतसँग आमने सामने भएका छन् । राष्ट्रियताको नारामा प्रधानमन्त्री बन्ने माहौल बनेको पृष्ठभूमिमा ओलीलाई आगामी दिन झनै कठिन हुने देखिएको छ । किन भने भारतले निहुँ खोज्ने प्रचण्ड र ओलीलाई झुकाएरै छाड्ने रणनीति अख्तियार गरेको संकेत देखाएको छ । ओली प्रधानमन्त्री बनेपछि केही खुकुलो बनेको भनिएको नाकाबन्दी खुकुलो भएपनि इन्धनमाथिको भारतीय राजनीति पुरानै शैलीमा आएको छ । नाका खुलेपनि प्रयाप्त इन्धन नदिएर दशैं मनाउन समस्या पार्दिने र ओली सरकारलाई शुरुमै धक्का दिने भारतीय रणनीति रहेको जानकारहरु बताउँछन् । भारतसँग निहुँ खोजेर सत्ता चलाउन सकिन्छ भन्ने मान्यता स्थापित नहोस् भन्नका लागि पनि ओली-प्रचण्ड गठबन्धनलाई साइजमा राख्ने रणनीति अनुसार कम्तिमा दशैं अघि नाका सामान्य नबनाउने र इन्धन संकट चर्काइदिने तयारीमा भारत रहेको बताइन्छ ।



मन्त्री देखि राष्ट्रपति सम्मः भारतीय आँखा
भारतले आफूसँग प्रत्यक्ष ठोक्किन आइपुगेका ओली र प्रचण्डलाई संविधानमा यस अघि गर्ने भनिएका संसोधन नगरे सम्म सजिलो नपार्ने रणनीति बनाएको भारतीय श्रोतहरुले नै खुलासा गरेका छन् । त्यसकै परिणामस्वरुप पछिल्लो समयमा सरकारमा मन्त्री छनौट देखि राष्ट्रपति उपराष्ट्रपति सम्मका पदमा समेत आफूले भनेका ब्यक्ति हुनु पर्ने भनेर घुमाउरो दवाव दिने थालेको बताइएको छ । यसकै एक कडीकोरुपमा हाल पदमा रहेका डा रामबरण यादवलाई निरन्तरता दिन सत्तारुढ दलहरुमाथि विभिन्न ढंगले दवाव बढाइएको छ । उनलाई निरन्तरता दिँदा मधेशी समुदायको प्रतिनिधित्व पनि हुने र सत्तारुढ ओली- प्रचण्ड गठबन्धन भन्दा बाहिर बाट हुने भएकाले भारतले यसका लागि बलियो लबिङ बनाइसकेको बताइन्छ ।
रामबरणलाई निरन्तरता दिन नसके भारतले मन पराएका अन्य उम्मेदवारलाई राष्ट्रपतिमा स्थान दिनु पर्ने दक्षिणको दवाव छ । एमाओवादीमा चीन निकटको छवि बनाएका कृष्णबहादुर महरालाई उपप्रधान तथा गृहमा जानबाट रोक्न समेत भारतीय पक्षबाट खेल भएको खुलासा एमाओवादीका नेताले नाम नबताउने शर्तमा गरेका छन् ।

भारतीय लविङकै कारण आन्दोलनबाट एकाएक सत्तामा पुगेका विजयकुमार गच्छदारले भारतीय लविङकोरुपमा सरकारमा काम गरिरहेको बताइएको छ । त्यसैगरी हिन्दुवादीकोरुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट रहेका परराष्ट्रमन्त्री कमल थापालाई समेत सत्तारुढ गठबन्धन बाहिरबाट राष्ट्रपति नखोजे राम्रो नहुने सन्देश प्राप्त भएको श्रोत बताउँछ । असन्तुष्ट मधेशी दल वा कांग्रेसलाई राष्ट्रपति दिएमा चाँहि भारतले सहज ब्यवहार देखाउन तयार हुने दक्षिणको सन्देश छ । भारतीय दवावकैबीच प्रचण्डले महरालाई पार्टिबाट सरकारको नेतृत्वमा पठाउन बोल्ड डिसिजन गरेका छन् । तर भारतीय दवावकाबीच प्रधानमन्त्री ओलीले कति खुट्टा टेक्न सक्छन् भन्ने चाँहि आगामी दिनका केही घटनाक्रमले पुष्टी गर्नेछ ।
it looks like your account was sending out spam. We’ve secured your account, and now we can help you make sure all recent likes and posts were made by you.



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment