'1 hundred 76-year-old man found in the' read full detail >>



खोटाङ, असोज २९ – खोटाङको दक्षिणी गाविस
खोटाङबजार–७ राटमाटाका गणेशप्रसाद गेलाल १
सय ७६ वर्ष पुग्नुभयो । कसरी विश्वास गर्नु ! तर
उहाँको नागरिकतामा प्रष्ट लेखिएको छ,
जन्ममिति– विस १८९६ ।
साच्चैको जन्म मितिलाई आधार मान्दा गेलाल ७६
वर्षको हुनुभयो । तर नागरिकताअनुसार उहाँ विश्वकै
बुढो मानिस हुनुहुन्छ ।
२०४२ सालमा जारी भएको गेलालको स्थायी
नागरिकतामा जन्म मिति १८९६ साल कार्तिक–४ गते
उल्लेख छ । नागरिकता बनाउने टोलीका
कर्मचारीबाट १९९६ साल उल्लेख गर्नुपर्ने ठाउँमा १८९६
साल उल्लेख हुन पुग्दा गेलालको उमेर १७६ वर्ष पुगेको
गाविस सचिव गोबिन्द पराजुलीले बताउनुभयो ।
‘संसारकै ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिक परिवारका
सदस्य’ भनेर आफन्तले गर्ने ठट्टाले पिरोल्ने गरेको गेलाल
परिवारको भनाई छ ।
उहाँको छिमेकी टिकाराम राईका अनुसार गल्ती
गणेशप्रसादकोे होइन, नागरिकता प्रमाणपत्रमा लेख्ने
कर्मचारीको हो ।
नागरिकताकै आधारमा उहाँले सामाजिक सुरक्षा
भत्ता थापेको पनि वर्षौँ भयो । कान कम सुन्ने गेलाल
र कर्मचारीबीच राम्ररी सञ्चार नहुँदा
नागरिकतामा गलत जन्ममिति उल्लेख हुन पुगेको
स्थानीय बासिन्दाको अनुमान छ ।
गणेशप्रसाद नागरिकतामा सय वर्ष जेठो उल्लेख भएकै
कारण केही अप्ठ्यारो नभएकाले अहिलेसम्म
जन्ममिति सच्याउन नगएको बताउनुहुन्छ । गेलाल
परिवारले नागरिकता सच्याउनका लागि आवेदन दिए
सच्याउन सकिने गाविस सचिव पराजुलीले बताउनुभयो
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment